मलाई भेट्न तिमी डराएकै ठिक छ

 

मलाई भेट्न तिमी डराएकै ठिक छ 

साच्चै तिमीले अन्तै मन पराएकै ठिक छ

अन्जान व्यक्ति सम्झि मलाई बिर्सिएझै गरी

हो तिमी यसरी नै हराएकै ठिक छ


तिमीसंग सारा संसार घुम्न मनलाग्छ

देख्दा सधैं त्यो कोठी चुम्न मनलाग्छ

कामधन्दा सबै भुले तिमीलाई देखेपछि

तिमीलाई नै पिएर तिम्रै नशामा झुम्न मनलाग्छ

त्यसैले

मलाई भेट्न तिमी .... 


भेट्दै गर्दा अनेक आशा पलाऊंछन् मनमा 

अर्कै अर्कै तरंगहरु पैदाहुन्छन् तनमा 

नहुदा तिमी पिडा र छट्पटी

चाहिन्छ तिम्रै साथ हरक्षणमा

त्यसैले मलाई भेट्न तिमी.....

Post a Comment

0 Comments