उदारो

 

.                           ॥उदारो॥                       

 देख्नासाथ थोप्डा तेरो तात्छ मेरो पारो

बोहोनीको टाईम्मा आईस् माग्नलाई उदारो 


दिन बित्छ मेरो कैले चलाएर आरो

कैले बत्ती जोडी कैले बनाएर धारो 

न त सिन्को भाँच्छस् न त माज्छस् खाको भाडो 

के था तँलाई कमाऊन हुन्छ कति गार्हो 


पैसा लग्छस् भित्ति हुन्छस् कैले चैं छेपारो

लड्दै पड्दै आईस् फेरी माग्नलाई ऊदारो 



पैलै देखी चिन्या मेरो एक्दम् मिल्ने यार हो

पैसा लग्छु हराइदिन्छु लाग्दैन अफ्ठ्यारो

निस्किदा म खुशी हुन्छ छिर्दा रिस यतिसार्हो

हल्लीहल्ली गइदिन्छु त्यै नि माग्दिन्छु उदारो


तिमी नै त छौ नि साथी पर्दा गार्हो सार्हो 

थोपो तेल छैन घरमा कसरी खाऊँ चारो 

बिहान् बिहान् आएँ तिमी नरिसाऊ न यार ओ

धेर् होइन २/५ हजार देउन है उदरो

Post a Comment

0 Comments