भित्रै मरें,वाहीरै मरें, भित्रवाहीरै मरें

 

भित्रै मरें,वाहीरै मरें, 

भित्रवाहीरै मरें

तिमी आउने आश्मा वसें 

तर सधैं निराश भएं


त्यसपछी स्म्रितिबाटै तिम्रो वद गर्ने सोंचे 

तर तिमी त सधैं मानसपटल भित्रै रह्यौ 

मन मस्तिष्कमा सधैं जिवित नै भयौ 


तिमी उही, संसार उही,

म पो जीउदो लॉस भएं

भूल्न नसक्दा तिमीलाई 

फेरी पनि म निराश भएं


न त टेक्न हांगो न भेटें समाउन 

न भूल्न सके तिमीलाई 

न यादमा रमाउन 


जिउदो लासभै बांच्न गार्हो भो

अब कि त जीउन सिकाऊ

कि त लास नै हुनदेऊ 

तिम्रै हातले विष पिलाऊ

Post a Comment

0 Comments