लवाइ खुवाई सबै आधुनिक, सोच चैं त्यै पुरानै चल्छ?



 लवाइ खुवाई सबै आधुनिक, सोच चैं त्यै पुरानै चल्छ?

जे गर्दा नि खुट्टै तान्छौ त, कि परिवर्तनले आफू लोप हुने डर छ??


थाहा छैन भन्न घमण्डले दिदैन, अनि नचाहिदो भ्रममा राख्छौ

जिज्ञासा मेटाउन अझ सोधौं भने, धेर नबोल भनि मुक्का ताक्छौ


आफ्नो सोचमा चल्न दिदैनौं, अन्न्योलमा तिम्रो आफ्नै सोच छ

कस्तो खाल्को समाज हो यो? न अघि बड्न दिन्छ न आफू बाटो खोज्छ 


आखा सुकेर मरूभूमी भा’छ, धूलो उडेर भविष्य देखिन्न

हत्केला हटाउन सिकाऊ बरू, नसिकाऊ हत्केलाले सूर्य छेकिन्न

Post a Comment

0 Comments